दफा १४
समितिको बैठक र निर्णय
(१) समितिको बैठक वर्षको कम्तीमा छ पटक बस्नेछ र दुई बैठकबीचको फरक तीन महिनाभन्दा बढी हुने छैन ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) उपपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिका कम्तीमा पच्चीस प्रतिशत सदस्यले समितिको बैठक बोलाउन लिखित अनुरोध गरेमा अध्यक्षले त्यस्तो लिखित अनुरोध प्राप्त भएको मितिले सात दिनभित्र समितिको बैठक बोलाउनु पर्नेछ ।
(४) समितिका कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आपूmमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय कार्यकारी निर्देशकले प्रमाणित गर्नेछ ।
(८) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समिति आफंैले निर्धारण गरेबमोजिम हुनेछ ।